प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि देशमा विकास निर्माणले तीव्रता पाएको दाबी गरेका छन् ।
शनिवार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा देश ओरालो अवस्थामा लागेको भए पनि ओली प्रधानमन्त्री बनेपछि देश अगाडि बढिरहेको जिकिर गरे ।
उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक कर्मचारीले तलब नपाउने अवस्था थियो । राजस्व घटिरहेको थियो । निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउने अवस्था थियो ।
उद्योग व्यवसाय बन्द हुने अवस्थामा थियो । देश आर्थिक मन्दी र संकटको अवस्थामा थियो । तर, अहिले यो सरकार बनेपछि राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ । शिक्षक कर्मचारीले तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन।’
उनले कांग्रेस र एमालेले अघि सारेको नीतिकै कारणले देशको निजी क्षेत्र उत्साहित भएको र देशमा लगानीको वातावरण बनेको जिकिर गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्