आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्