म पछि हट्ने अवस्थामा छैन, खुट्टा पनि कमाउँदिनँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूपछि हट्ने अवस्था नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने बताएकी छिन् ।
कपनस्थित भंगालमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने कुरामा कोही भयभीत हुनुपर्ने अवस्था पनि नरहेको बताइन् ।
उनले आफ्नो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिएको भन्दै त्यस्ता क्रियाकलाप बन्द हुनुपर्ने बताइन् । पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी हुन ।
भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् । उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताइन ।
भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।
भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
- २एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने
- ३भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला
- ४युनेस्कोबाट अलग हुने अमेरिकाको निर्णय
- ५पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, विद्याको चाहनामा ब्रेक
तपाईको कमेन्ट लेख्नुहोस्