रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै बाढीमा परेकाहरुको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
वक्तव्यमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, वक्तव्यमा उल्लेख छ ।
कांग्रेसले एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ । प्रकोपको बेलामा सतर्क रहन नागरिकलाई पनि आग्रह गरेको छ ।
भोटेकोशीको बाढीमा परेका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य गाडी बगाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्