स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्धन कार्यक्रममा ओलीले नेपालमा लगानीको अनुकुल वातावरण तयार भइसकेको बताएका हुन ।
उनले कानूनी, संस्थागत तथा प्रक्रियागत सुधार भएको उल्लेख गर्दै उनले दक्षिण एसियामध्ये नेपालमा लगानीका लागि सबैभन्दा अनुकूल वातावरण रहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा अपार सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्