Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

मध्यपुर थिमिमा सौन्दर्य कलाको तालिम


भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा जि एम ब्युटी सैलुनको सहकार्यमा हालै कौशलटारमा एक समारोहका बीच एक महिने सौन्दर्य कला सम्बन्धी तालिम गरिएको छ । मध्य थिमी नगरपालिकाका विभिन्न सीपमुलक तालिम योजना मध्य स्वरोजगार तथा उद्दमशीलताको लागि लघु उद्दम बिकास कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको हो ।

यो सौन्दर्य कला तालिममा जि एम ब्युटी सलुन मार्फत विभिन्न उद्दम्शील महिलाहरुलाई तालिम सकिएको प्रमाण पत्र तथा प्रविधी हस्तान्तरण गरिएको छ । उद्योग सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रन्जितको अध्यक्षता तथा मध्यपुर थिमी नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्णहरी आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा वडा नं.३ का वडा सदस्य निर्मला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, सिनियर कस्माटोलोजिस्ट, ब्युटिसियन तथा जि एम ब्युटी सलुनकी सञ्चालिका मन्दिरा खडका लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

वडाध्यक्ष कृष्णहरी आचार्य लगायत अतिथिले संयुक्त रुपमा तालिम प्राप्त गर्ने महिलाहरुलाई प्रमाणपत्र तथा सीपसंग सम्बन्धित प्रविधी हस्तान्तरण गरेका थिए । आचार्यले यस्तै, विभिन्न सीपमुलक तालिम कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भए सबै स्वोरोजगार हुने, आत्मनिर्भर हुने, विदेश धाउनु नपर्ने जस्ता विभिन्न सम्स्याको दिर्घकालिन समाधान हुने र यस्ता कार्यहरुमा आफुले जति सक्दो बजेट सरकारसंग अपिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले आफ्नो वडा, पालिकामा अब यस्तै कार्यहरुलाई अझै प्राथमिकताको श्रेणीमा राख्ने र आगामी आर्थिक वर्षमा अझै तिब्र रुपमा लैजाने बताए । कार्यक्रम सफल भएको खुशीयालीमा जि एम ब्युटी सैलुनको प्राङ्गणमा केक काट्दै खुशीयाली मनाएका थिए ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं