सुदूरपश्चिममा मन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने किन गरियो घोषणा
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू बहिष्कार गर्ने अभियान सुरु गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले बजेटको दुरुपयोग र आर्थिक अनुशासनको उल्लङ्घन भएको आरोप लगाउँदै मन्त्रीहरूको उपस्थितिमा हुने कार्यक्रमहरूमा आफू सहभागी नहुने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘जो–जो मन्त्रीहरूले बजेट बनाउँदा आर्थिक अनुशासन कायम गरेका छैनन् र बजेटको व्यापक दुरुपयोग गरेका छन्, ती मन्त्रीहरू मन्त्री बन्न र भन्न लायक छैनन् । हामीले संसदमा छानबिनको माग गरेका थियौँ, तर छानबिन गर्ने आँट सरकारमा देखिएन ।’
रावलले यस्ता मन्त्रीहरूसँग अब कुनै औपचारिक कार्यक्रममा बस्न नसकिने भन्दै भनेका छन्, । ‘तिनीहरू सहभागी कार्यक्रम यसै गरी बहिष्कार गरिन्छ । तिनीहरूलाई माननीय भनिन्न। अनुहार हेर्दा पनि लाज लाग्छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्