संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
काठमाडौँ । संवैधानिक निकाय तथा आयोगहमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय सर्वोच्च अदालतले आज सुनाउने भएको छ । साढे चार वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय बुधबार सुनाउन लागेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले माघ ३० गतेदेखि यो मुद्दाको निरन्तर सुनुवाइ गरेको थियो । गत जेठ २ गते अन्तिम सुनुवाइ गर्दै इजलासले जेठ २८ गते निर्णय सुनाउने मिति तोकेको थियो ।
त्यो दिन प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू मल्ल, शर्मा, चुडाल र सुवेदीको इजलासले पदाधिकारी विरुद्धको रिटमाथि बहस गरी निर्णय सुनाउने मिति असार १८ लाई तोकिएको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा सरकारले २०७७ माघ २१ गते ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी नियुक्त गरेको थियो । तर, ती नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्चमा १५ वटा रिट परेका थिए। तर रिटको सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सम्मिलित संवैधानिक परिषद्ले नियुक्त गरेका पदाधिकारीको मुद्दा उनले हेर्न नमिल्ने भन्ने विवाद समेत भएको थियो । त्यसपछि कायममुकायम प्रधानन्यायधीश दीपक कार्की, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठले पनि मुद्दा टुंग्याउन चासो दिएनन् ।
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति भएपछि भने रिटमा निरन्तर सुनुवाइ अगाडि बढेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्