माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पद लोलोपुता ज्यादै अशोभनीय र मजाकपूर्ण देखिएको बताएका छन् ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेको भन्दै थापाले चर्को आलोचना गरेका हुन् ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित नेता नेपालले पार्टीको अध्यक्ष पद भने छोडेका छैनन् । सोही विषयमा पार्टीभित्र विरोध भइरहेको प्रसंग उल्लेख गर्दै थापाले नेता नेपालको विरोध गरेका हुन् ।
एमाले विभाजन र माधव नेपालको संकटका विषयमा चर्को टिप्पणी गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘‘अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो । यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन ? जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ ।
पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।’’
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्