प्रधानमन्त्री ओली स्पेन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ औपचारिक भ्रमणमा स्पेन प्रस्थान गरेका हुन् ।
उनी कतार एयरवेजको जहाजबाट दोहा हुँदै असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछन् । उनको भ्रमण टोलीमा २१ जना सहभागी रहेका छन् ।
प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्पेन प्रस्थान गरेकी छन् । उनलाई बिदाई गर्न कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
भ्रमणको दोस्रो दिन, असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ । हप्ता दिन पछि असार २० गते दिउसो ४ः४५ बजे हाम्रो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्