Techie IT
  • १५ असार २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्री ओली स्पेन प्रस्थान


काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ औपचारिक भ्रमणमा स्पेन प्रस्थान गरेका हुन् ।

उनी कतार एयरवेजको जहाजबाट दोहा हुँदै असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछन् । उनको भ्रमण टोलीमा २१ जना सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्पेन प्रस्थान गरेकी छन् । उनलाई बिदाई गर्न कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

भ्रमणको दोस्रो दिन, असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ । हप्ता दिन पछि असार २० गते दिउसो ४ः४५ बजे हाम्रो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं