मदन भण्डारीलाई चार वटा श्रीमती र सहकारी ठगको आरोप लगाइयोः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई उपेक्षा गर्नेगरी बोलेका छन् ।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा ओलीले मदनको व्यक्तिगत प्रसंग निकालेका थिए । त्यस सन्दर्भमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको शृङ्खला नै ओलीले प्रस्तुत गरे ।
‘उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेर । मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन,’ ओलीले भने, ‘भूमिगत काम गरेको धेरै वर्ष भएको थियो । संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।’
मदन भण्डारीलाई लागेको आरोप भन्दै ओली यतिमै रोकिएनन् । चारवटी श्रीमती र सहकारी ठगजस्ता आरोपको प्रसंग निकाले । ‘चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब रु अनेक दुर्बाच्य बोलिए,’ ओलीले भनेका थिए, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो ।
कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’ मदन भण्डारीमाथि झुटा लाञ्छनाको श्रृङ्खला नै चलेको पनि ओलीले सम्झिए । ओलीले मदन भण्डारीमाथि लागेको व्यक्तिगत लाञ्छनाहरुको प्रशंग मात्र उठाएनन् ।
मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरे । ओलीको भनाइ अनुसार मदन भण्डारी महासचिव बन्न मानिरहेका थिएनन्, बनाइएका थिए । जनताको बहुदलीय जनवाद (जबज) को श्रेय पनि मदन भण्डारी एक्लैमा नजाने ओलीको तर्क थियो ।
पाँचौं राष्ट्रिय महाधिवेशनमा पार्टी महासचिवका हैसियतमा मदन भण्डारीले प्रस्तुत गरेको जबज त्यसअघि (चौथों महाधिवेशनमा) नै आइसकेको ओलीले बताएका थिए । उक्त महाधिवेशनमा झलनाथ खनाल महासचिव भएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्