सुनकाण्डकी प्रतिवादी अमला रोकालाई अदालत लगिँदै
काठमाडौं । बहुचर्चित सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा पेश गरिँदै छ ।
फरार अवस्थामा शुक्रवार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा पेश भएकी थिइन् ।
आइतबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भयो । नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर पुनः प्रहरी हिरासतमा पठाइएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय शुरु हुनेबित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
सम्भवतः आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउने बोगटीले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्