एमालेको शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित
काठमाडौं । नेकपा एमालेका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् ।
काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।
यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्