रास्वपाको कविन्द्र बुर्लाकोटी महामन्त्री, प्रवक्तामा मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो ।
उनी यसअघि कार्यवाहक महामन्त्री थिए । रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो । मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।
त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कविन्द्र बुर्लाकोटी, #मुकुल ढकाल
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्