माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
काठमाडौं । माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।
बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ । तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आन्दोलन स्थगित, #सुनचाँदी
ताजा खबर
- १अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- २रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?
- ३मधेसमा झन् बढ्यो गगन थापाको लोकप्रियता
- ४प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- ५धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन



तपाईको कमेन्ट लेख्नुहोस्