माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
काठमाडौं । माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।
बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ । तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आन्दोलन स्थगित, #सुनचाँदी
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्