सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन दवाव बढेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले राजीनामा मागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले जनाएको छ।
मन्त्री चौधरीको पछिल्लो कार्यशैलीप्रति मुख्यमन्त्री शाह असन्तुष्ट थिए । मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी अहिले पार्टी आन्तरिक परामर्शमा जुटेका छन् । पार्टीले फिर्ता बोलाउन मुख्यमन्त्री शाहले पार्टी शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।
किसानसँग पैसा असुल्ने समूहसँग उनको नाम जोडिएको प्रकरण मुख्य कारण भएको नाउपा निकट स्रोतले दाबी गरेको छ । सो प्रकरणमा कैलालीकी सुशिला खड्कासहित केही व्यक्तिहरू पक्राउ परिसकेका छन् र प्रहरी अनुसन्धान जारी छ ।
यसअघि, नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक लेनदेनको योजना बनाएको आरोपमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसपछि रामेश्वर चौधरीले मन्त्री पद सम्हालेका थिए । उनी पनि विवादमा तानिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्