बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापालगायत सहभागी थिए ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद अवरोध लगायतका विषयमा छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेपछि महामन्त्री थापा बालुवाटा्र गएका थिएनन् ।
उनले प्रधानमन्त्री ओलीले काम गर्न नसकेको र बिचौलिया बेडरुमसम्म पुग्ने गरेको आरोप लगाएका थिए । त्यसलाई प्रधानमन्त्री ओलीले पनि प्रमाण देखाउन चुनौति दिएका थिए ।
आरोप प्रत्यारोप चलेकै कारण सरकार सञ्चालनको संयन्त्रमा रहेका थापा बैठकमै गएका थिएनन् । तर, बुधबारको बैठकमा भने थापा पनि सहभागि भएका हुन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री विष्णु पौडेल, #गृहमन्त्री रमेश लेखक, #परराष्ट्रमन्त्री आरजु राणा देउवा, #शेरबहादुर देउवा, #सत्तारुढ
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्