प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच डेढ घण्टा कुराकानी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बालुवाटारमा करिब डेढ घन्टा कुराकानी भएको छ ।
दुई नेताबीच तिक्तता बढेको अड्कलबाजी भइरहेका बेला मंगलबार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् ।
करिब ७ बजे बालुवाटार प्रवेश गरेकी भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घन्टा समसामयिक राजनीति र अन्य विषयमा कुराकानी भएको बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणलगत्तै नेपालका पूर्वी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।
भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला उनको राजनीतिक भेटघाटबाट त्रसित प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै यस्ता गतिविधिको आलोचना गर्ने गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्