धरानका मेयर–उपमेयरबीच चर्कियो विवाद, उपमहानगरभित्रै कुटाकुट
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच पुनः विवाद चर्किएपछि धकेला धकेल भएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो ।
सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् ।
श्रमदान मार्फत भएको कामका लागि साम्पाङका समर्थकले १५ जनाको डोर हाजिरी मार्फत १ लाख ४८ हजाार ५ रुपैयाँ भुक्तानीका लागि पेश गरेका थिए । सर्दु कटान रोक्न श्रमदान मार्फत १७ लाख ४० हजार बराबरको काम भएको साम्पाङ पक्षको दाबी छ ।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।
अनुगमन गर्न नमानेपछि साम्पाङका समर्थकले बेघालाई हातपात गर्न खोजे । त्यसपछि सामाजिक सञ्जालमा बेघाविरुद्ध साम्पाङका समर्थकले आक्रोश पोखिरहेका छन् ।
मंगलबार भने बेघाका समर्थक कार्यालय परिसरमा भेला भएका थिए । कार्यालय परिसरमा भेला भएका बेघा समर्थकले मेयरको समूहले अमानवीय व्यवहार देखाएको दाबी गरेका छन् । दुबै पक्षमा कुटाकुट समेत भएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्