धरानका मेयर–उपमेयरबीच चर्कियो विवाद, उपमहानगरभित्रै कुटाकुट

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच पुनः विवाद चर्किएपछि धकेला धकेल भएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो ।
सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् ।
श्रमदान मार्फत भएको कामका लागि साम्पाङका समर्थकले १५ जनाको डोर हाजिरी मार्फत १ लाख ४८ हजाार ५ रुपैयाँ भुक्तानीका लागि पेश गरेका थिए । सर्दु कटान रोक्न श्रमदान मार्फत १७ लाख ४० हजार बराबरको काम भएको साम्पाङ पक्षको दाबी छ ।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।
अनुगमन गर्न नमानेपछि साम्पाङका समर्थकले बेघालाई हातपात गर्न खोजे । त्यसपछि सामाजिक सञ्जालमा बेघाविरुद्ध साम्पाङका समर्थकले आक्रोश पोखिरहेका छन् ।
मंगलबार भने बेघाका समर्थक कार्यालय परिसरमा भेला भएका थिए । कार्यालय परिसरमा भेला भएका बेघा समर्थकले मेयरको समूहले अमानवीय व्यवहार देखाएको दाबी गरेका छन् । दुबै पक्षमा कुटाकुट समेत भएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्