संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रतिनिधिसभामा बजेटमाथि छलफलको क्रममा बोल्दा सत्तारुढ नेकपा एमाले सूर्य थापाले नियमापत्ति जनाएका छन् ।
उनले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै बजेटमाथि छलफलका क्रममा कस्तो मर्यादाको हुनुपर्ने हो ? भन्दै प्रश्न उठाएका थिए ।
उनले भने, ‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो ? कस्तो वातावरण बनाउनुपर्ने हो ? हामी सबैले कस्तो मर्यादामा बैठक चलाउने हो ? यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्नपार्कमा छौँ कि ? सहिद गेटमा छौँ कि ? कलंकीमा छौँ कि ? पोखराको चिप्ले ढुङ्गामा छौँ कि ? मैले बुझ्न पाइन, मैले बुझ्न सकिनँ ।’
उनले वेल घेराउमा बसेका रास्वपा सांसदहरूको कुर्सी रोइराखेका टिप्पणी गरेका थिए । सांसद थापाले यसो भनेपछि रास्वपाका सांसदहरूले आफूहरू आन्दोलनमा रहेको भन्दै नाराबाजी गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद बस्नेतलाई बोल्न दिए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्