संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रतिनिधिसभामा बजेटमाथि छलफलको क्रममा बोल्दा सत्तारुढ नेकपा एमाले सूर्य थापाले नियमापत्ति जनाएका छन् ।
उनले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै बजेटमाथि छलफलका क्रममा कस्तो मर्यादाको हुनुपर्ने हो ? भन्दै प्रश्न उठाएका थिए ।
उनले भने, ‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो ? कस्तो वातावरण बनाउनुपर्ने हो ? हामी सबैले कस्तो मर्यादामा बैठक चलाउने हो ? यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्नपार्कमा छौँ कि ? सहिद गेटमा छौँ कि ? कलंकीमा छौँ कि ? पोखराको चिप्ले ढुङ्गामा छौँ कि ? मैले बुझ्न पाइन, मैले बुझ्न सकिनँ ।’
उनले वेल घेराउमा बसेका रास्वपा सांसदहरूको कुर्सी रोइराखेका टिप्पणी गरेका थिए । सांसद थापाले यसो भनेपछि रास्वपाका सांसदहरूले आफूहरू आन्दोलनमा रहेको भन्दै नाराबाजी गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद बस्नेतलाई बोल्न दिए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्