धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफूलाई ३ लाख धरौटीमा छोड्ने अदालतको आदेशप्रति खुशी व्यक्त गरेका छन् ।
राज्यले आफूहरुलाई फँसाउन खोजेको तर अदालतले रोकेको उनको भनाई छ । अदालतबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै डा. राणाले अदालतलाई धन्यवाद दिएका हुन ।
तीनकुनेको आन्दोलनमा राज्यको उग्रताले नै हिंसा भड्किएको राणाले आरोप लगाए । राजावादी आन्दोलन हराएको हो भन्ने पत्रकारको प्रश्नमा उनले इन्कार गरे । राणाले भने, ‘आन्दोलन हराएको छैन ।
हामी दोस्रो चरणका लागि होमवर्क गरिररहेका छौं । वर्षात पनि आइसकेको छ । शान्तिपूर्ण आन्दोलन हुन्छ । हामी हिंसामा विश्वास गर्दैनौं । तर राज्यले नांगो नाच देखाइरहेको छ । त्यसको घोर विरोध जनताले गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्