धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफूलाई ३ लाख धरौटीमा छोड्ने अदालतको आदेशप्रति खुशी व्यक्त गरेका छन् ।
राज्यले आफूहरुलाई फँसाउन खोजेको तर अदालतले रोकेको उनको भनाई छ । अदालतबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै डा. राणाले अदालतलाई धन्यवाद दिएका हुन ।
तीनकुनेको आन्दोलनमा राज्यको उग्रताले नै हिंसा भड्किएको राणाले आरोप लगाए । राजावादी आन्दोलन हराएको हो भन्ने पत्रकारको प्रश्नमा उनले इन्कार गरे । राणाले भने, ‘आन्दोलन हराएको छैन ।
हामी दोस्रो चरणका लागि होमवर्क गरिररहेका छौं । वर्षात पनि आइसकेको छ । शान्तिपूर्ण आन्दोलन हुन्छ । हामी हिंसामा विश्वास गर्दैनौं । तर राज्यले नांगो नाच देखाइरहेको छ । त्यसको घोर विरोध जनताले गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्