मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले बरु कम्पनी वा गुठीमार्फत कडाइका साथ चलाउन दिने प्रस्ताव गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा आफ्नो धारणा राख्दै मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।
‘प्राइभेटलाई निषेध गरेर जान सकिँदैन । प्राइभेटहरूलाई कडाइका साथ सरकारले रेगुलेट गर्नुपर्यो । विभिन्न नियम कडा बनाएर त्यो रुल–नियम भित्र उनीहरूलाई ल्याउनुपर्यो’, उनले भने, ‘ गुठीमा जानेहरूलाई ट्याक्स छुटदेखि लिएर अरू सुविधाहरू पनि दिएर उनीहरूलाई गुठीमा जान प्रेरित गर्ने वातावरण बनाउनुपर्यो ।’
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्