विद्या भट्टराईले दिइन् शिक्षा मन्त्रीलाई बधाई, प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । पार्टी र सरकारबाट निरन्तर असहयोग भएपछि राजीनामा दिएकी भट्टराईले मन्त्री पन्तलाई बधाई दिंदै प्रधानमन्त्री केपीशर्मा ओलीलाई धन्यवाद दिएकी छन् ।
‘मलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रीपरिषद्प्रति आभारी छु’, उनले अघि लेखेकी छन् , ‘यस अवसरका लागि मलाई छनोट गर्नुभएकोमा सम्पूर्ण पार्टीका नेता र सिङ्गो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।’
उनले आफूले ९ महिना काम गर्दा सहयोग गर्ने मन्त्रालयका सचिवहरू, सहसचिवहरू, विभागीय प्रमुखहरू, निकायका प्रमुखहरु र सम्पूर्ण कर्मचारीका साथै सुरक्षा कर्मीहरुलगायत सहयोगी सबैलाई धन्यवाद दिएकी छन् ।
उनले आफ्नो अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्