भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उनले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताए ।
आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले यो सवाल पनि अभियानकै एजेन्डा बन्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
जलेश्वर उद्योग वाणिज्य संघले ज्ञापनपत्र पनि बुझाएको थियो । कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने जानकारी गराएका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्