ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन् ।
अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको एक दिनपछि अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले सो कुरा बताएका हुन् ।
कर बढाउने अमेरिकी निर्णय कार्यान्यन भएपछि यी दुई देशले पनि प्रतिकार गर्दै सोही किसिमका घोषणा गरेका छन् । अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत करको योजना सार्वजनिक गरेका छन् ।
यसैगरी, २१ दिन भित्रमा थप १२५ अर्ब अमेरिकी डलर बराबरको समानमा करको योजना बनाउने उनले बताएका छन् ।मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आफ्नो योजना आइतबार सार्वजनिक गर्ने बताएकी छिन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्