स्ववियु चुनावमा २५ वटा विद्यार्थी संघ–संगठनबीच प्रतिस्पर्धा हुने
काठमाण्डौं । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् ।
चुनावी कार्यतालिकाको पहिलो दिन हिजो विद्यार्थी संघ, संगठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ ।
स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा निर्वाचन समिति गठन भएको छ ।
स्ववियु चुनाव नजिकिँदै गर्दा मुख्य विद्यार्थी सङ्गठनहरूले क्याम्पसहरुमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्