Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा विजयी भएपछि बिहिबार् डा.बाबुराम भट्टराई पत्रकारहरुसँग दिएको एउटा भनाई यतिबेला चर्चामा छ । त्यो हो ‘बाबुराम कुकुर हो र, घाँस हाल्नेवित्तिकै जुठो खान जाने ? के कुरा गर्या ? लाज लाग्दैन तपाईंलाई ? बाबुराम त्यस्तो मान्छे हो ? यहि भनाईका कारण यतिबेला बाबुराम भट्टराई चर्चा र आलोचनामा छन् ।

खासमा भट्टराईलाई पत्रकारहरुले सोधेको प्रश्नको जवाफ उनले दिएका थिए । तपाईं माओवादीमा फर्किन नखोज्नुभएको कि प्रचण्डले तपाईंलाई भित्र्याउन नचाहेका हुन् ? युट्वरको प्रश्न थियो । जसको उत्तरमा भट्टराईले भने बाबुराम कुकुर हो र, घाँस हाल्नेवित्तिकै जुठो खान जाने ? के कुरा गर्या रु लाज लाग्दैन तपाईंलाई रु बाबुराम त्यस्तो मान्छे हो रु बाबुराम भट्टराईले त्यत्रो जनयुद्धको नेतृत्व गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । त्यहाँभन्दा अगाडि जाँदैछ उ । अरु साथीहरु थाक्नुभयो । अहिले पनि त्यही ब्याज खाइराख्नुभएको छ । फरक त्यहाँ हो । उहाँ (प्रचण्ड) लाई शान्ति प्रक्रिया पूरा गर्न सहयोग गरेको हो । उहाँले गर्नुभएन । उहाँले गर्न सक्नुहुन्नरहेछ भनेर हामी अगाडि बढ्यौ । उहाँ पछाडि छुट्नुभयो ।

अर्कोतिर प्रश्न सोधियो, ‘ज्ञानेन्द्र शाहीले त माओवादीले गरेको जनयुद्धलाई धनयुद्धको संज्ञा दिए नि ? यसमा तपाईंको भनाइ के छ ?’ जवाफमा बाबुराम कड्किए, ‘को हो ज्ञानेन्द्र शाही ? त्यो मान्छे म चिन्दिनँ । त्यसको नाम लिन आवश्यक छैन ।’ फेरि अर्को टर्रो प्रश्न सोधियो– श्रीमतीलाई वरिष्ठ नेता, छोरीलाई उपाध्यक्ष बनाएर तपाईं परिवारवादमा फँसेको आरोप लागेको छ नि ?

यो प्रश्नमा बाबुराम थप चिढिए । उनले प्रश्नको जवाफ नै दिन चाहेनन् । ‘त्यो प्रश्नै नगर्नुस । क्लीयर छ त्यो कुरा । जवाफ दिनै आवश्यक छैन । यो प्रश्नै होइन । प्रश्न सोध्नुस,’ उनले पन्छाउँदै भने ।

पार्टीको महाधिबेशन सकेर फर्किदै गर्दा भट्टईले दिएको प्रश्नको जवाफले धेरैलाई आश्चार्यमा पारेको छ । किनकि प्रश्नको उत्तर सहजै दिने भट्टराई किन यति धेरै रिसार्एका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं