क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने ट्रम्पको निर्णय स्थगित
काठमाडौं । क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई देश माथि लगाइएको अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् ।
ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ । यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ । ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो ।
ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन । ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ । ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्