‘दलितलाई खै’ भन्दै प्रदर्शन, निर्वाचन आयोगमा ३ बुँदे ज्ञापनपत्र

काठमाडौं । ‘दलितलाई खै’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन भएको छ । दलित अभियन्ता एवम दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा बुधबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ अगाडी प्रदर्शन भएको हो ।
निर्वाचन प्रणालीमा दलितको समानुपातिक समावेशीता सुनिश्चित गर्ने व्यवस्था कायम नभएको र निर्वाचन आयोगले तयार पारेको एकीकृत निर्वाचन सम्बन्धी विधेयकमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएको संयोजक सुनारले बताए । त्यसैले ३ बुँदे मागसहितको ज्ञापन पत्र निर्वाचन आयोगलाई दलितका लागि दलित अभियान नेपालले पेश गरेको उनको भनाई छ ।
तीन बुँदे माग बारे संयोजक सुनारले भने, ‘एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गरिनुपर्छ ।
दलितको समानुपातिक प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्छ ।
अर्को विकल्प निर्वाचन क्षेत्र आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार दिइनुपर्छ र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्