संसदीय समितिमा सांसदहरुको किचलो, समितिभन्दा सरकारको बफादार बनेको आरोप

काठमाडौं । संसदीय समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए ।
समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्ने उनीहरुको माग छ । नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताए । गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको उनको भनाई छ ।
विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने बताए । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताए । उनले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गरे ।
आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड छ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेही हुन नसकेको आरोप लगाए । उनले समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताए । उनले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनाहरु अघि बढाउन आवश्यक रहेको बताए । सांसद नेपालीले मुग्लिङ–पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गर्नुभयो । नेपालको सन्दर्भमा अहिले हेर्ने हो भने सबैभन्दा ठूलो क्रेता नेपाल सरकार हो । तर, नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सभापतिको ध्यानाकर्षण
तपाईको कमेन्ट लेख्नुहोस्