लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले चीन र भारतबिच भएको लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ ।
महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै सन् २०१५ मा पनि सो सहमति हुँदा नै आफूहरु खारेजीको मागसहित सङ्घर्षमा उत्रिएको स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘चीन सरकारले नेपालको दाबी अनुसार प्रामाणिक कागजात भए सो सहमति पुनर्मूल्याङ्कन गर्न सकिने बताएको थियो ।
२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङसहित भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ । यसर्थ नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन(भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ ।’
चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन्, नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक रहेको उनले बताएका छन् ।
महासचिव विप्लवले लिपुलेक भञ्ज्याङको सन्दर्भमा डिसेम्बर १८ (पुस ३) मा भएको भारत(चीन सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न सरकारसँग माग पनि गरेका छन् ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चीन र भारत, #नेत्रविक्रम चन्द्र
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्