भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो ।
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धी लगायत पुगेका थिए ।
त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने कांग्रेसले सातै दिन आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #अन्त्येष्टि, #भारतका पूर्वप्रधानमन्त्री, #मनमोहन सिंह, #राजकीय सम्मानका साथ
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्