Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

एमालेले किन हटायो भीम रावललाई पार्टी सदस्यबाट ?


काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्य समेत नहुने गरी हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो । पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी नेतृत्वमाथि प्रश्न उठाएकै भरमा रावललाई सदस्यबाटै किन हटाउनुपर्यो भन्ने प्रश्न उब्जिएको छ । भीम रावल १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा उम्मेदवार थिए । एमालेले भने उपाध्यक्षका निम्ति आग्रह गरेको थियो । एमालेले त्यसपछि केन्द्रीय सदस्यमा मनोनित गर्यो । तर, भीम रावलले स्वीकार गरेनन् ।

पार्टीमा सक्रिय नभएपनि पार्टीका गतिविधि र नेतृत्वमाथि निरन्तर प्रश्न उठाइरहेका बेला पार्टीबाट निष्कासित गरिएको हो । पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको ज्ञवालीको दाबी छ ।

रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए पनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गर्दा रावलको भने सदस्यता नै खारेज गरिदिएको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वउपाध्यक्ष रावल, #भीम रावललाई पार्टी, #संगठित सदस्य समेत नहुने गरी

तपाईको कमेन्ट लेख्नुहोस्