Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

भैंसेपाटी हनिट्र्याप काण्डः इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा


काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् । आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

आज भएको थुनछेक बहसपछि पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ । धरौटीमा रिहा भएपछि उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा पाएकी छन् । तर, प्रहरी सेवामा निलम्बन जारी हुने भएको छ । साधारण तारेख बाहेकको अवस्थामा प्रहरी कर्मचारीले निलम्बन फुकुवाको सुविधा पाउँदैनन् ।

यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध ऐन २०७० को महल आकर्षित हुने भन्दै सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त मुद्दामा शाहीसहित सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवलदार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल इस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मा विश्वकर्मालाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये शाही र पोखरेल फरार थिए ।

सहायक हवलदार हमाल साधारण तारेखमा, थापा र विश्वकर्मा धरौटीमा रिहा भइसकेका छन् । यसै मुद्दाका अर्का फरार अभियुक्त दर्शन पोखरेल भने अझै फरार नै छन् । प्रतिवादी इस्लाम यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बिनु कुमारी शाही, #भैंसेपाटी हनिट्र्याप काण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं