फूलचोकी जंगलमा हराएका भेटिए १३ जना
काठमाडौं । सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र हराएका १३ जना भेटिएका छन् ।
प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो ।
सोमबार बेलुकी उनीहरू जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए । फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने छ । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१३ जना भेटिए, #ललितपुरको फूलचोकी
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्