राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिएका हुन् ।
त्यस्तै, बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा पनि गरेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको भएपनि अधिकांश स्थानमा सुधार भएको राप्रपाको ठहर छ ।
प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय पनि राप्रपाले जनाएको छ ।
स्थानीय तहमा भएको तहगत कमजोरी र त्यसको परिणाममा परेको असरबारे अध्ययन गर्ने र प्रतिवेदन तयार पार्नेगरी समिति पनि गठन भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्