राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिएका हुन् ।
त्यस्तै, बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा पनि गरेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको भएपनि अधिकांश स्थानमा सुधार भएको राप्रपाको ठहर छ ।
प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय पनि राप्रपाले जनाएको छ ।
स्थानीय तहमा भएको तहगत कमजोरी र त्यसको परिणाममा परेको असरबारे अध्ययन गर्ने र प्रतिवेदन तयार पार्नेगरी समिति पनि गठन भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्