रुकुमपश्चिमको डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ सुरु
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिका –५ थर्पूमा रहेको डिग्रे शाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ सुरु भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिनसम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहानैदेखि पूजापाठ सुरु भएको हो ।
आज बिहान ५ बजे देखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्दालु भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बताए । डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ र मेला लाग्ने गर्दछ ।
मनले चिताएको पूरा हुने धार्मिक जनविश्वास रहेको डिग्रे मन्दिरमा पूजापाठका लागि देशका विभिन्न ठाउँबाट सर्वसाधारणको उपस्थिति हुने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिने छ ।
२८ गतेका दिन द्वादशी, २९ गते एकैदिन त्रयोदशी र चतुर्दशी परेकोले यी दुई दिन मात्र बोकाको बलि दिन सकिनेछ । ३० गते पुर्णिमाको दिन पुजापाठसँगै भव्य मेला लाग्ने गर्दछ । पुर्णिमाको दिन मन्दिरमा टिका ग्रहण गर्नका साथै मेलामा आकर्षक नाचगान र विभिन्न झाँक्रीहरु प्रस्तुत हुने गर्दछन् ।
परम्परागत सगाल नाच यहाँको मुख्य आकर्षण रहेको हुन्छ । मन्दिर क्षेत्रका रुख विरुवा नकाट्न, मन्दिरको धारामा फोहोर नफाल्न समेत सूचना जारी गरिएको छ । मेलामा भैँसी राँगा, कुखुरा, संगुर, बंगुरको मासु र अण्डा पुर्ण रुपमा निषेध गरिएको समितिले जनाएको छ । त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै गतवर्ष देखि सिसि क्यामेरा जडान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकादशी देखि पूर्णिमा, #डिग्रे शाईकुमारी मन्दिर, #शाईकुमारी मन्दिर
ताजा खबर
- १सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- २प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’
- ३रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- ४सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ५सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?



तपाईको कमेन्ट लेख्नुहोस्