Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा


पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी छ । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।

रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।

रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईंलगायतका थुप्रै नेता पोखराको आन्दोलनमा छन् । रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रविलाई अदालत, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #सूर्यदर्शन सहकारी

तपाईको कमेन्ट लेख्नुहोस्