बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो, ४२ जना अझै बेपत्ता
काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो ।
अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बाढी र पहिरो
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्