धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #८ जना थुनुवा फरार, #थुनुवा फरार
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्