श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने
काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।
सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर पुर्याएका छन् ।
१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन् ।
अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- २कलाकार बले हाजिरी जमानीमा रिहा
- ३रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- ४देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ५सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्