प्रदेश संरचना हटाउन सक्ने अवस्था नरहेको कांग्रेस सभापति देउवाको दाबी
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखे ।
पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा सभापति देउवाले प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । उनले समानुपातिक समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसै अनुसार अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कानुन विभागका प्रमुख मानबहादुर नेपालीले संविधान पूर्ण रुपमा कार्यान्वयनको पाटोमा कांग्रेसले अग्रसर लिनुपर्ने बताए । उनले जनताको अधिकार सुनिश्चित हुने गरी आफैले बनाएको संविधान संविधानलाई थप पुरस्कृत गर्न संशोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधान कार्यान्वयनका लागि प्रदेश संरचनाले प्रभावकारी काम गर्नुपर्ने बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्णमान शाक्य, #पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्