प्रदेश संरचना हटाउन सक्ने अवस्था नरहेको कांग्रेस सभापति देउवाको दाबी

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखे ।
पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा सभापति देउवाले प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । उनले समानुपातिक समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसै अनुसार अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कानुन विभागका प्रमुख मानबहादुर नेपालीले संविधान पूर्ण रुपमा कार्यान्वयनको पाटोमा कांग्रेसले अग्रसर लिनुपर्ने बताए । उनले जनताको अधिकार सुनिश्चित हुने गरी आफैले बनाएको संविधान संविधानलाई थप पुरस्कृत गर्न संशोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधान कार्यान्वयनका लागि प्रदेश संरचनाले प्रभावकारी काम गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्णमान शाक्य, #पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्