बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल, सरकारको कामकारबाहीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको हो । छलफलमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकको सहभागीता रहेको थियो ।
त्यस्तै एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थीति थियो । भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको विवादबारे पनि छलफल भएको छ । भेटवार्तामा सत्तारुढ दलले ल्याउने भनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि सामान्य छलफल भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री निवास, #शेरबहादुर देउवा, #सत्ता साझेदार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्