आइजिपीको जिब्रो थुत्ने अभिब्यक्तीपछि विवादमा सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विवादास्पद अभिव्यक्ति दिएपछि यतिबेला चौतर्फी आलोचना भएको छ । प्रेस चौतारी नेपाल गण्डकीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको सन्दर्भ उठाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखलाई नै नाम लिदैं अस्ति प्रहरीको आईजीपीले के भन्यो ? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि । यहि शब्द बोलेपछि यतिबेला आलोचना भइरहेको छ ।
प्रवक्ता गुरुङले गलत शब्द प्रयोग भएको स्वीकारेका छन् । तर, प्रहरीको प्रमुख कै जिब्रो थुत्ने मन्त्री भन्दै कटाक्ष भइरहेको छ । चौतर्फी विवाद आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन निर्देशन दिएका छन् ।
मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री विवादित विषय नबोल्न निर्देशन दिएका हुन् । राष्ट्रिय समाचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले मन्त्रालयको कामको नियमित रिपोटिङका लागि प्रधानमन्त्रीसँग भेटघाट भएको थियो ।
त्यही क्रममा उहाँले पोखरामा बोलेको बिषयको सन्दर्भबारे प्रधानमन्त्रीले सोधेको र आफूले जानकारी दिएको दाबी गरे । प्रधानमन्त्रीले हरेक कुरामा लामो लामो नबोल्न र छोटो भाषण प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जिब्रो थुत्ने अभिब्यक्ती, #पृथ्वीसुब्बा गुरुङ, #सञ्चारमन्त्री गुरुङ
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्