मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरि कारबाही गरिदैं
काठमाडौं । पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
ढकाललाई पछिल्लो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाएपछि आज कारबाही गर्न लागिएको हो । तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोप–प्रत्यारोप तहमा देखा परेको छ । जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो ।
महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न नछोडेपछि रास्वपाले साधारण सदस्यतासमेत खारेज गर्ने तयारी गरेको हो । यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वमहामन्त्री मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्