आईएलओले भन्योः विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर, आर्थिक सुधारको लाभ असमान छ ।
खासगरी एसिया प्रशान्त र अरब देशहरुमा महिलाहरु लाभबाट बन्चित छन् । सोमबार सार्वजनिक आईएलओको एक रिपोर्टमा लेखिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ । सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ ।
यो सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको दरभन्दा कम हो । आईएलओको रोजगार विश्लेषण तथा सार्वजनिक नीतिको प्रमुख सारा ऐल्डरले भनेकी छन्, ‘पूर्वी एसियामा ४.३ प्रतिशतभन्दा बढी, अरब देशमा १ प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा १ प्रतिशतको दरले युवा बेरोजगारीको दर बढिरहेको छ ।
आईएलको सोधबाट यो चिन्ताजनक अवस्था पत्ता लागेको छ कि गत वर्ष हरेक पाँच युवाहरुमा एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बन्चित छ । अधिकांश युवा श्रमिकमा अझै पनि सामाजिक सुरक्षाको अभाव छ । उनीहरुको रोजगार अस्थायी पनि छ । त्यसबाट स्वतन्त्र युवाको रुपमा प्रगति गर्न कठिन हुने गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्