भ्रष्टाचार मुद्दामा ५० हजार धरौटीमा छुटे निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल
काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए ।
तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले उनीसहितका प्रतिवादीहरूलाई एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको थियो । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यसचिव बैकुण्ठ अर्याल, #रितेन्द्र थापाको इजलास
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्