के मुकुल ढकाललाई रास्वपाबाट निकाल्न लागिएको हो ? रविमाथि उठ्न सक्छन् यस्ता प्रश्न !
काठमाडौं । काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
अनुशासन समितिले डा. ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ । बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय गरिनेछ । प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले मंगलबार नै निर्णय आउने बताइएको छ ।
अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु वा परिमार्जन गरी कार्यान्वयन गर्नसक्ने छ । अनुशासन समितिले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ।
गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो ।
यदि कारवाही गरे सभापति लामिछानेमाथि प्रश्नै उठाउन पाइने छैन् भन्ने आरोप लाग्नेछ । पार्टी क्रमश कमजोर बन्दै गएको प्रतिबेदन प्रस्तुत गर्दा सुधारको साटो कारवाही गरिएको आरोप पनि उनीमाथि लाग्नेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. मुकुल ढकाल, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्