मुखमा कालो टेप टाँसेर महामन्त्री ढकाल बैठकमा सहभागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री डा. मुकुल ढकालले असन्तुष्टि जनाएका छन् ।
लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताएका छन् । बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।
महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए । ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ।
प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरण समेत सोधिसकेको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #महामन्त्री ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #वनस्थलीमा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्