देउवा र ओलीप्रति बालेनको व्यंग्यः काले काले मिलेर खाऊ भाले
काठमाडौं । संसदका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले व्यंग्य गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा एमालेबीच, #नेपाली कांग्रेस, #बालेनको व्यंग्य
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्